Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
राजदूत पोखरेल र तास्मानियाका गभर्नरबिच शिष्टाचार भेट
नेपालआईज
२२ कार्तिक २०७९ १२:१३
होबार्ट । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र तास्मानियाका गभर्नर बेकर एसीबीच शिष्टाचार भेटघाट भएको छ । अस्ट्रेलियाका लागि नेपाली पोखरेलले तस्मानियाका गभर्नर बारबरा बेकर एसीसँग सोमबार एसीकै कार्यलयमा शिष्टाचार भेट गरेका हुन। सो अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो । तास्मानियासहित अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको जनसंख्याप्रति दुबैले सन्तुष्टी व्यक्त गरे ।
नेपाल फेस्टिभल संस्कृति झल्काउने उत्कृष्ट मन्च
एनआरएनए, तास्मानियाले होबार्टमा आयोजना गरेको नेपाल फेस्टिभलमा सहभागी हुन राजदूत पोखरेल तस्मानियाको भ्रमणमा छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अस्ट्रेलियामा नेपाल र नेपाली संस्कृति झल्काउने उत्कृष्ट मञ्च भएको भन्दै नेपाली समुदायको प्रशंसा गरे ।
यसैबीच, दूतावासले तस्मानियाबाट ई–पासपोर्टको मोबाइल सेवा पनि सुरु गरेको दूतावासले जनाएको छ । दूतावासले अस्ट्रेलियाका अन्य दुर्गम राज्यहरूमा पनि ई–पासपोर्टका लागि मोबाइल सेवा प्रदान गर्ने योजना रहेको दुताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।