अस्ट्रेलियामा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

अस्ट्रेलियामा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
नेपालआईज
८ माघ २०७९ ६:११

अस्ट्रेलिया । अस्ट्रेलियामा बस्ने तामाङ समुदायका नेपालीहरूले सोनाम ल्होछार पर्व मनाएका छन् । क्यानवेरा, मेलवर्न, सिड्नी, पर्थ, डार्विनलगायत शहरमा रहेका नेपालीहरूले सोनाम ल्होछार मनाइएका हुन् ।

तामाङहरूले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको हो ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ । तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको