बाढी र पहिरोका कारण न्युजिल्यान्डमा चार जनाको ज्यान गयो

बाढी  र पहिरोका कारण  न्युजिल्यान्डमा चार जनाको ज्यान गयो
नेपालआईज
१५ माघ २०७९ ८:१२

एजेन्सी । भारी वर्षापछि आएको बाढी र पहिरोमा परी न्यूजिल्यान्डमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । वेपत्ता भएका थप एकजनाको मृत्यु भएको पुष्टी भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
आइतबार पुनः भारी वर्षापछि बाढी तथा पहिरो आएको थियो । बाढी र पहिरोका कारण सडकहरु क्षतिग्रस्त भएको छ । न्यूजिल्यान्डको सबै भन्दा ठूलो सहर अकल्यान्डमा शुक्रबारदेखि भारी वर्षापछि बाढी र पहिरो आएपछि आपत्तकाल घोषणा गरिएको छ ।
मौसम विभागले आइतबार र सोमबार भारी वर्षा जारी रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको