Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियन सरकारले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिन सकिन्छ आवेदन
नेपालआईज
१९ माघ २०७९ ६:००
अस्ट्रेलिया । अस्ट्रेलियामा विभिन्न विषयमा मास्टर्स (स्नातकोत्तर) अध्ययनका लागि नेपाली विद्यार्थीलाई लक्षित गरी अस्ट्रेलियन अवार्डस् स्कलरशिपको घोषणा गरिएको छ ।
अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा प्रदान गरिने स्कलरशिपका लागि २०२३ को मे १ तारिखसम्म आवेदन दिन सकिने भएको छ ।
छनोट भएकाहरूले अस्ट्रेलियाको प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गर्न पाउने छन् । अध्ययनका लागि आवश्यक सबै सहयोग अस्ट्रेलियन सरकारले गर्नेछ ।
क्लाइमेट चेन्ज, डिजास्टर रिस्क रिडक्सन, इकोनोमिक डेभलपमेन्ट, जेन्डर इक्वालिटी, डिसाबिलिटी एन्ड सोसल इनक्लुजन, गभर्नेन्स, इनक्ल्युसिभ एजुकेसन, नेचुरल रिसोर्स म्यानेजमेन्ट र सस्टेनेबल इन्फ्रास्ट्रकचर डेभलपमेन्टमा अध्ययनका लागि स्कलरशिप प्राप्त गर्न सकिनेछ ।