सिड्नी । सिड्नीमा ‘सेकरेट्स अफ राधा’ फिल्मको विशेष स्क्रीनिंगमार्फत् फन्डरेजिङ कार्यक्रम हुने भएको छ । एससीसीएम फाउन्डेसनले मार्च १२ मा दिउँसो ३ बजे न्यू साउथ वेल्सको ब्ल्याक टाउनमा रहेको वेस्टपोइन्ट सपिङ सेन्टरको होयट्स सिनेमा हलमा यो फिल्म देखाउन लागेको हो ।
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि शिक्षालाई सशक्त बनाउने काम गर्ने एससीसीएम फाउन्डेसनले सोही कार्य तथा फाउन्डेसनबारे जानकारी दिन फन्डरेज गरिरहेको जनाएको छ ।
सेकरेट्स अफ राधा एक महिला केन्द्रित चलचित्र हो । यो फिल्ममा नेपालको एउटा गाउँकी गर्भवती युवती राधाको कथा छ । दोहामा एक आप्रवासी कामदारको रूपमा रहेका आफ्नो श्रीमान् बेपत्ता भएपछि त्यसको खोजीमा निस्कन्छन् । कथा उनको संघर्षमा आधारित रहेको छ ।
टिकटको लागि स्यान्डी बिष्टलाई ०४०२१६९७१० मा सम्पर्क गर्न सक्नुहुन्छ ।