सिड्नीमा मृत्यु भएका राजु गोदारको दाह संस्कारका लागि आर्थिक सहयोग गर्न अपिल

सिड्नीमा मृत्यु भएका राजु गोदारको दाह संस्कारका लागि आर्थिक सहयोग गर्न अपिल
नेपालआईज
८ फागुन २०७९ ५:५३

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गत वर्ष नोभेम्बरमा मृत्युभएका राजु गोदारको दाह संस्कार तथा अन्य कार्यका लागि आर्थिक संकलन कार्य सुरु भएको छ । ४१ वर्षीय गोदारको सिड्नीमा मृत्यु भएको थियो ।

प्रहरीको प्रकृया पूरा गर्न समय लागेका कारण उनको दाह संस्कार पनि ढिलो हुने भएको छ ।

तर दाह संस्कार तथा अन्य कार्यका लागि खर्च धेरै लाग्ने तथा उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक संकलन कार्य भइरहेको पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष तारा गुरुङले बताएका छन् ।

गोदारका श्रीमती अप्सरा गोदार तथा छोरी अलिसा गोदार र छोरा सम्पन्न गोदार नेपालको पोखरामा बस्दै आएका छन् ।

दाह संस्कारका लागि ठूलो रकम चाहिने भएका कारण सहयोगका लागि अपिल गरिएको हो । दाह संस्कारसँगै गोदारका दुई सन्तानको विद्यालयको खर्चका लागि समेत रकम संकलन भइरहेको हो ।

यसका लागि अस्ट्रेलियाको गैरआवासीय नेपाली संघको पनि सहयोग रहेको उपाध्यक्ष देवबहादुर गुरुङले जानकारी दिएका छन् ।
A/Name: Pokhara Samaj Australia
BSB: 112879
A/No: 479816289

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको