अस्ट्रेलियामा पढाई पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थी थप दुई वर्ष बस्‍न पाउने

अस्ट्रेलियामा पढाई पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थी थप दुई वर्ष बस्‍न पाउने
नेपालआईज
९ फागुन २०७९ १६:२९

अस्ट्रेलिया । अस्ट्रेलिया सरकारले पढाई पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्नका लागि दुई वर्ष अस्ट्रेलियामा बस्न दिने निर्णय गरेको छ । सिप भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययन-पश्चातको कामको अधिकारलाई दुई वर्ष विस्तार गर्ने घोषणा गरिएको हो ।

यो नियम १ जुलाई २०२३ देखि लागू हुनेछ । अस्ट्रेलियाका विभिन्न क्षेत्रमा अध्ययन गर्ने, बस्ने र काम गर्ने योग्य विद्यार्थीहरूका लागि यसअघि उपलब्ध एक–दुई वर्षसम्म अध्ययनपछि कामको अधिकारमा दुई वर्ष थप गरिएको हो ।

स्वीकृत काम गर्ने समयको सीमा पनि पन्ध्र दिनमा ४० घण्टाबाट बढेर ४८ घण्टा पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको