महँगीको मारमा अस्ट्रेलियाका अन्तराष्ट्रिय विद्यार्थी, खाना र छानाको समस्या !

महँगीको मारमा अस्ट्रेलियाका अन्तराष्ट्रिय विद्यार्थी, खाना र छानाको समस्या !
नेपालआईज
१२ फागुन २०७९ ८:५५

अस्ट्रेलिया । अस्ट्रेलियामा महँगी बढेसँगै विश्वविद्यालयका विद्यार्थीहरू निशुल्क खानाका लागि लामबद्ध हुने गरेका छन् । सिड्नीको पूर्वमा रहेको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा निशुल्क खानाका लागि सयौँ विद्यार्थी लामबद्ध हुने गरेका छन् ।

विश्वविद्यालयको किंग्सटन क्याम्पसको फुडहबमा विद्यार्थीहरू लामबद्ध हुने गरेका छन् । उनी सामान्य फलफूल र तरकारीका लागि लामबद्ध हुने गरेका छन् । फिल्म स्टडिज अध्ययन गरिरहेकी लोलाले आफ्नो कमाइले पोषिलो खाना किन्न नसक्ने अवस्था रहेको बताइन् ।

उनले विद्यार्थीको रूपमा हप्तामा केवल ३ दिनसम्म मात्र काम गर्न पाउने तथा त्यसले सबै कुरा धान्न नसक्ने बताइन् । आधिकारिक तथ्यांकका अनुसार वर्षिक रूपमा सेप्टेम्बरको त्रैमासमा तलब वृद्धि ३.२ प्रतिशत तथा डिसेम्बरको त्रैमासमा ३.३ प्रतिशतले बढेको छ । तर मुद्रास्फीति भने ७.८ प्रतिशतले बढेको छ ।

यता चेरिस कुहलम्यान जस्ता विद्यार्थीका लागि लगातार रूपमा बढेको घर भाडाले सताइरहेको छ । उनका अनुसार सेप्टेम्बरमै उनी बस्ने घर भाडा बढेको छ ।

कुहलम्यानले गत हप्ता व्याजदर बढाएर व्यापारीलाई पोस्न खोजेको भन्दै रिजर्भ बैंकविरुद्ध प्रदर्शन गरेकी थिइन् । त्यसपछि शुक्रबार नै न्यू साउथ वेल्स पुलिसबाट पक्राउ परेकी थिइन् ।

पहिलोपटक प्रकाशित समाचार यहाँ हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको