सिड्नी । अस्ट्रेलियामा एक भारतीय युवालाई प्रहरीले गोली प्रहार गरी मारेको छ । मंगलबार ३२ वर्षीय मोहम्मद रहमतुल्लाह सैयद अहमदमाथि प्रहरीले गोली चलाएकाे हो ।
उनलाई अस्ट्रेलियाली प्रहरीले रेल्वे स्टेशनमा एक क्लिनरलाई छुरा प्रहार गरेको र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा पक्राउ गरेको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।
अस्ट्रेलियामा भारतीय महावाणिज्य दूतावासले आक्रमणकारी भारतीय राज्य तमिलनाडुका रहेको र ब्रिजिङ भिसामा औबर्नमा बस्दै आएको पत्ता लगाएको छ।
ती व्यक्तिको मानसिक स्वास्थ्य र घटनामा उनको कुनै भूमिका थियो वा थिएन भनेर अनुसन्धान भइरहेको छ। गोली हान्न अघि अहमदले एक क्लिनरलाई छुरा प्रहार गरेको र त्यसपछि प्रहरी अधिकारीहरूलाई धम्की दिएको जनाइएको छ