टिकटकमाथि प्रतिबन्ध लगाउने अस्ट्रेलिया सरकारको तयारी

टिकटकमाथि प्रतिबन्ध लगाउने अस्ट्रेलिया सरकारको तयारी
नेपालआईज
७ चैत २०७९ १५:२८

अस्ट्रेलिया । अस्ट्रेलियाको सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने योजना अघि सारेको छ । अमेरिका, बेलायत र न्यूजिल्यान्डपछि अस्ट्रेलियाले टिकटकमाथि प्रतिबन्ध लगाउने योजना अघि सारेको हो ।

अस्ट्रेलियाका मन्त्रीहरूले फोनमा टिकटक चलाउने गरेको तथा त्यसबाट उनीहरूको तथ्यांक चिनियाँ अधिकारीहरूले चोर्नसक्ने आशंका गरिएको छ । गृहमन्त्री क्लेर ओ’निलले सरकारी फोनहरूमा टिकटक एप बन्द गर्नेबारे घोषणा गर्ने अपेक्षा गरिएको छ ।

अन्य मुलुकले सुरक्षाको विषय उठाउँदा चीनले भने गतिलो जवाफ नदिएको बताइन्छ । गभर्नमेन्ट सर्भिसेज एन्ड एनडीआईएस मन्त्री बिल शोर्टेनले यो निकै गम्भीर विषय भएको बताए । उनले सरकारले सामाजिक सञ्जालहरुलाई रिभ्यू गरिरहेकोसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको