Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल र अष्ट्रेलियाका वाणिज्य बैंकबीच सम्बन्ध स्थापनाका लागि परामर्श
नेपालआईज
८ वैशाख २०८० १७:०८
अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले रिजर्भ बैंक अफ अस्ट्रेलियाका गभर्नर फिलिप विलियम्स लोवेसँग भेटवार्ता गरेका छन् ।
आज भएको भेटवार्ताका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाका बैंकबीचको आबद्धताका सम्भावनासहित आपसी हितका विविध विषयमा छलफल भएको छ।
राजदूत पोखरेलले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा जानकारी दिँदै अस्ट्रेलियाबाट नेपाल आउने रेमिट्यान्सको मोडलाई सहज बनाउन आग्रह गरे । गभर्नरले लोवेले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् । उनले दुवै देशका वाणिज्य बैंकबीच बैंकिङ सम्बन्ध स्थापना गर्न सहजीकरण गर्न पनि आग्रह गरेका थिए ।
बैठकमा रिजर्भ बैंक अफ अस्ट्रेलियाका असिस्टेन्ट गभर्नर मिचेल म्याकफी, बैंकिङ अफ अस्ट्रेलियन रिजर्भ बैंकका प्रमुख माइकल प्लम्प तथा अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्का पनि उपस्थित थिए ।