चार वर्ष अस्ट्रेलियामा बसेका न्यूजिल्यान्डका नगरिकले नागरिकता पाउने

चार वर्ष अस्ट्रेलियामा बसेका न्यूजिल्यान्डका नगरिकले नागरिकता पाउने
नेपालआईज
१० वैशाख २०८० १७:५०

अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने न्यूजिल्यान्डका लाखौँ नागरिकले अस्ट्रेलियाको नागरिकता पाउने भएका छन् ।

अस्ट्रेलियन सरकारले आप्रवासन प्रणालीमा नयाँ परिवर्तनहरू गरिरहँदा अस्ट्रेलियामा बसोबास गरिरहेका न्यूजिल्यान्डका लाखौँ नागरिकले अस्ट्रेलियाको नागरिकता पाउने भएका हुन् । अस्ट्रेलियाको सरकारले जनाएअनुसार न्यूजिल्यान्डका करिब ७ लाख नागरिकमध्ये ४ लाख जना नागरिकता प्राप्तिका लागि योग्य रहेका छन् ।

सन् २००१ मा जोन होवार्डको गठबन्धन सरकारले न्यूजील्यान्डका नागरिकहरूलाई विशेष श्रेणी वा अस्थायी रेसिडेन्सी भिसाहरूमा जबरजस्ती नागरिकता पहुँच हटाउन गरेको निर्णयलाई एन्थनी अल्वानिज सरकारले उल्ट्याएको छ । यससँगै अस्ट्रेलियामा चार वर्ष बसोबास गरेका न्यूजिल्यान्डका नागरिक जुलाईबाट नागरिकताका लागि योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको