अस्ट्रेलियमा स्पिरिट अफ तास्मानियाबाट खसेर एक जना यात्रुको मृत्यु

अस्ट्रेलियमा  स्पिरिट अफ तास्मानियाबाट खसेर एक जना यात्रुको मृत्यु
नेपालआईज
१८ वैशाख २०८० ४:४७



तास्मानिया। अस्ट्रेलियामा स्पिरिट अफ तास्मानिया जहाजबाट खसेर एक यात्रुको मृत्यु भएको छ । जहाजले आइतवार बेलुकी ८ बजे जिलोङमा आफ्नो ‘डक’ छाडेको थियो । तस्मानियाको डेभोनपोर्टको यात्रामा एक घण्टा बाँकी रहँदा एक यात्रु खसेको अलार्म बजेको थियो ।
पुलिस एयर विङ, वाटर पुलिससहितको टोलीले खोजतलास गरेको थियो । जहाज पुनः जिलोङ पठाइदा सबै यात्रु भने सवार नै रहेका थिए ।
भिक्टोरिया प्रहरीले एक जनाको मृत्यु भएको पुष्टी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको