सिड्नीस्थित बहु-तले भवनमा भीषण आगलागी

सिड्नीस्थित बहु-तले भवनमा भीषण आगलागी
नेपालआईज
११ जेठ २०८० ९:३८

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेको एक बहु-तले भवनमा आगलागी भएको छ । आगो छिमेकी भवनहरूमा पनि आगो फैलिन थालेपछि १०० भन्दाबढी अग्नि नियन्त्रकहरू मध्य सिड्नीमा पठाइएको छ । र्‍यान्डल स्ट्रिटमा रहेको हेरिटेज-सूचीबद्ध भूतपूर्व टोपी कारखानाभित्र ठूलो आगो लागेपछि सरी हिल्सका नजिकैका धेरै भवनहरू खाली गरिएको छ ।

इँटा र पर्खालका ठूला टुक्राहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थालेका थिए । अधिकारीहरूले आगो भवनको तीन तहबाट सुरु भएको बताएका छन् ।

बिहीबार भएको सो आगलागी अन्य भवनहरूमा पनि फैलिरहेको बताइएको छ । ‘भवन ढल्न थालेको छ । आगलागी छेउछाउका भवनहरूमा फैलिन थालेको छ,’ न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको