अस्ट्रेलियाका प्रमुख सुपर मार्केटहरूमा मूल्यवृद्धि

अस्ट्रेलियाका प्रमुख सुपर मार्केटहरूमा मूल्यवृद्धि
नेपालआईज
१२ जेठ २०८० ६:१८

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रमुख सुपर मार्केटहरूमा मूल्यवृद्धि नयाँ उचाइमा पुगेको छ । अस्ट्रेलियाको इन्भेस्टमेन्ट बैंक यूबीएसको गरेको विश्लेषणअनुसार गत वर्षको तुलनामा यस वर्ष सुपर मार्केटहरूमा मूल्य वृद्धि नयाँ उचाइमा पुगेको हो ।

बढ्दो व्याज दर, ऊर्जा बिल तथा विभिन्न खाले भाडाको मूल्यहरू बढ्दै गएका कारण अस्ट्रेलियनहरूले जीवनयापनका लागि संघर्ष गरिरहेको समयमा यो विश्लेषण आएको हो ।

त्यसो भए खाद्यान्नको मूल्य कति बढ्यो ?
यूबीएस अस्ट्रेलियाको इभिडेन्स ल्याबले कोल्स र वुलवर्थका ६०,००० किराना सामानको अनलाइन मूल्य ट्र्याक गर्दा अप्रिलसम्मको १२ महिनामा ९.६ प्रतिशतले मूल्य वृद्धि भएको फेला पारेको छ ।

मासिक आधारमा मूल्यहरू ट्र्याक गर्ने यस विश्लेषणले कोल्सको मुद्रास्फीति मार्चमा ९.१ प्रतिशतबाट बढेर अप्रिलमा १०.४ प्रतिशतमा पुगेको फेला पारेको छ। वूलवर्थको मुद्रास्फीति मार्चमा ९.७ प्रतिशतबाट अप्रिलमा ८.७ प्रतिशतमा पुगेको छ ।

यसरी हेर्दा उपभोक्ता मूल्य सूचकांक मार्चदेखि १२ महिनामा ७ प्रतिशतले बढेको छ, जसको अर्थ सुपरमार्केट मूल्य वृद्धिले मुद्रास्फीतिलाई पछाडि पारेको छ । २०२२ आर्थिक वर्षमा कोल्सले १.४८ बिलियन डलरको खुद नाफा कायम गर्‍यो भने वुलवर्थले १.५ बिलियनको नाफा कायम गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको