घर मालिकलाई लेखिएको इमेल भाडामा बस्ने व्यक्ति कहाँ पुगेपछि !

घर मालिकलाई लेखिएको इमेल भाडामा बस्ने व्यक्ति कहाँ पुगेपछि !
नेपालआईज
१८ जेठ २०८० १३:१०

अस्ट्रेलिया । भिक्टोरियमा रहेका एक घर मालिकको लागि लेखिएको इमेल गल्तीले भाडामा बस्ने मानिसलाई पठाइएपछि आवास संकटबाट गुज्रिरहेको अस्ट्रेलियामा उक्त विषय भाइरल बनेको छ ।

रियल स्टेट एजेन्टले पठाएको इमेलमा भाडामा बस्नेले धेरै मर्मतसम्भार अनुरोध गरेका कारण उनलाई घर खाली गराउनका लागि ‘अत्यधिक’ भाडा वृद्धि गर्न घर मालिकलाई सुझाव दिइएको छ ।

उक्त इमेलको ‘स्क्रिनसट’ सामाजिक सञ्जाल फेसबुकमा रहेको डन्ट रेन्ड मी ग्रुपमा राखिएको छ । खासमा भाडामा बस्नेले घर जग्गा एजेन्सीलाई इमेल गरेर आफ्नो लीज नवीकरण गर्न अनुरोध गरेका थिए । तर एजेन्टले उक्त इमेल घर मालिकलाई पठाउने प्रयास गरेपनि उक्त इमेल भने भाडामा बस्नेलाई नै पठाइएको छ ।

त्यससँगै पुराना इमेलहरू पनि भाडामा बस्नेसम्म पुगेको छ । पुरानो इमेलहरूमा पनि भाडामा बस्नेले घरको धेरै मर्मतसम्भार अनुरोध गरेको बारे छलफल भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको