अष्ट्रेलिया । युरोपको भ्रमणमा रहेका पूर्वपरराष्टमन्त्री डा. नारायण खड्काले अष्ट्रेलियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् ।
भेटमा पूर्वराष्ट्रपति फिसरले कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालासँगको मित्रतालाई स्मरण गरेका छन् । खड्काले बीपी कोइरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गरे ।
साथै सन १९९८ मा बन्द भएको अष्ट्रियन एयरलाइन्सलाई पुन: चालु गर्न अष्ट्रेलियाको सरकारलाई अनुरोध गरी दिन पनि खड्काले आग्रह गरेका छन् ।
जवाफमा पूर्वराष्ट्रपति फिसरले नेपालका लागि उठाइएका विषयहरूमा सरकारसँग अनुरोध गर्ने आश्वासन दिए । भेटवार्तामा अष्ट्रेलियाका लागि नेपाली राजदूत भरत रेग्मीको पनि सहभागिता थियो ।