अस्ट्रेलियामा प्लास्टिकको प्रयोगले हरितगृह ग्याँस उत्सर्जन बढ्दो

अस्ट्रेलियामा प्लास्टिकको प्रयोगले  हरितगृह ग्याँस उत्सर्जन बढ्दो
नेपालआईज
२५ असार २०८० ११:०५

अस्ट्रेलिया । अस्ट्रेलियाको वार्षिक प्लास्टिक खपतले ५७ लाख कारहरू जत्तिकै हरितगृह ग्याँस उत्सर्जन गर्ने गरेको संरक्षण समूहहरूले दाबी गरेका छन् ।

अस्ट्रेलियन मरिन कन्जर्भेसन सोसाइटी (एएमसीएस) र डब्ल्यूडब्ल्यूएफ अस्ट्रेलियाले तयार पारेको एउटा प्रतिवेदनले प्लास्टिकको प्रयोगको बढ्दो मात्राले ग्लोबल वार्मिङमा योगदान पुर्‍याइरहेको तथा यसले इकोसिस्टम र वन्यजन्तुलाई खतरामा पारेको देखाएको छ ।

अस्ट्रेलियाको संघीय सरकारको नेसनल वेस्ट रिपोर्ट तयार गर्ने ब्ल्यू इनभ्यारोमेन्टले तयार पारेको प्रतिवेदनले अस्ट्रेलियाको प्लास्टिक खपतबाट उत्पादन हुने उत्सर्जन २०५० सम्ममा दोब्बर हुनेसमेत जनाएको छ ।

अहिले प्रयोग गरिने प्लास्टिकको शतप्रतिशत रिसाइकल गरे पनि सन् २०५० सम्म वार्षिक रूपमा ३४ मिलियन टन उत्सर्जन दोब्बर हुने डब्ल्यूडब्ल्यूएफ अस्ट्रेलियाकी पोलिसी म्यानेजर केट नोबलले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको