अस्ट्रेलिया । अस्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच खेलको एसेज टेस्ट सिरिज जित नजिक पुगेको छ । म्यानचेस्टरमा आइतबार राति टुंगिएको चौँथो खेल वर्षाका कारण बराबरीमै रोकिएपछि अस्ट्रेलिया सिरिज जित नजिक पुगेको हो ।
खेल बराबरीमा टुंगिएपछि अस्ट्रेलियाले सिरिजमा २-१ को अग्रता लिएको छ । अस्ट्रेलियाले सुरुवाती २ खेल जितेको थियो भने तेस्रो खेल इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको थियो ।
चौँथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय १७ रन जोडेको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुसेन र मिचेल मार्सले समान ५१-५१ रन जोडे । इंग्ल्यान्डका क्रिस ओक्सले सर्वाधिक ५ विकेट लिए ।
इंग्ल्यान्डले भने आफ्नो पहिलो इनिङ्समा ५ सय ९२ रन बनायो इंग्ल्यान्डका लागि ज्याक क्राउलीले १ स ८९ रनको योगदान गरे । अस्ट्रेलियाका लागि जोश ह्याजलउडले सर्वाधिक ५ विकेट लिए ।
पहिलो इनिङ्समा २ सय ७५ रनले पछि परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर २ सय १४ रन जोडेपछि खेल वर्षाका कारण प्रभावित हुन पुगेको थियो । अस्ट्रेलियाका लागि लाबुसेनले १ सय ११ रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ विकेट हात पारेका थिए । यी दुई टोलीबीचको सिरिजको अन्तिम खेल जुलाई २७ बाट सुरु हुनेछ ।