खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइसले मागे माफी

खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइसले मागे माफी
नेपालआईज
५ भदौ २०८० ४:१२

अस्ट्रेलिया । आफ्ना खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुविअलेसले माफी मागेका छन् । न्यूजिल्यान्ड र अस्ट्रेलियामा आइतबार सम्पन्न फिफा महिला विश्वकपको उपाधि स्पेनले जितेपछि अध्यक्ष लुइसले उत्साहित हुँदै खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।

अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १-० ले पराजित गरेको थियो । तर त्यसपछि उत्सव मनाउने क्रममा लुइसले जेनीलाई चुम्बन गरेका थिए ।

जेनीले पनि उक्त कार्य आफूलाई मन नपरेको सामाजिक सञ्जालमा लेखेपनि पछि उनी लुइसको बचाउमा उत्रेकी थिइन् । लुइसले भने आफूले गलत गरेको भन्दै माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको