तास्मानिया । नेपाली सिने क्षेत्रमा चर्चामा रहेको फिल्म ‘नाङ्गो गाउँ’अस्ट्रेलियाका विभिन्न फिल्महलरुमा प्रदर्शन हुने क्रम जारी छ । यसैबिच नेपालीहरूको बाक्लो बसोबास रहेको टापु राज्य तास्मानियाका दुई ठुला सहर लनचेस्टनको स्टरा थ्रिएटर र होबार्ट स्थित ग्लेनोर्चीको भिलेज सिनेमा हलमा ‘नाङ्गो गाउँ’ प्रदर्शन हुने भएको छ ।
मुग्लान इन्टरटेनमेन्ट हबले सेप्टेम्बर २५ मा उक्त फिल्म तास्मानियामा प्रस्तुत गर्न लागेको हो । हवका निर्देशक सन्देश श्रेष्ठले यो फिल्मप्रति तास्मानियामा नेपाली दर्शकको चासो बढ्दो रहेको बताए ।
दीपेन्द्र लामाको निर्देशन तथा हिमाल शर्माको प्रस्तुतिमा तयार भइरहेको फिल्मको राइट्स अस्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट्सले लिएको छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ । फिल्म भदौ २९ देखि सार्वजनिक प्रदर्शनमा आएको छ ।
फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । निर्देशक लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको र सामाजिक कथावस्तुलाई निकै प्रभावकारी ढङ्गले प्रस्तुत गरिएका उनको दाबी छ ।
टिकट बुकिङका लागि यहाँ क्लिक गर्नुहोस् ।