अस्ट्रेलियाको बेरोजगारी दर ३.६ प्रतिशतमा झर्‍यो

अस्ट्रेलियाको बेरोजगारी दर ३.६ प्रतिशतमा झर्‍यो
नेपालआईज
५ कार्तिक २०८० ८:४६

एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी ३.६ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित मासिक श्रमशक्ति तथ्यांकअनुसार अस्ट्रेलियाको अर्थतन्त्रले अगस्ट र सेप्टेम्बरको बीचमा ६ हजार ७ सय रोजगारी थपेको छ ।

तथ्यांकबारे जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले २०२२ मा सत्ताधारी लेबर पार्टीले सत्ता प्राप्त गरेदेखि ५ लाख ६१ हजार ५ सय सम्म रोजगारी सिर्जना गरेको बताए । यो संख्या कुनै पनि सरकारले पहिलो कार्यकालमा सिर्जना गरेको सबैभन्दा धेरै रोजगारी हो ।

एबीएसले अगस्ट र सेप्टेम्बरको बीचमा बेरोजगारीमा गिरावट आउनुको कारण श्रम बलमा मानिसको संख्यामा आएको कमी भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको