Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डको महासचिव पदका लागि नरहरि (कमल) बस्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गर्दै उनले नेपाली समुदायको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल (२०२३-२०२५) कार्यकालका लागि एनआरएनए न्यूजील्याण्डका सचिव रहेका बस्याल नेपाली समुदायका लागि लामो समयदेखि सक्रिय रहँदै आएका छन्। स्थानीय संघसंस्था तथा नेपाली प्रवासी समुदायसँगको लामो संलग्नताले नेतृत्वदायी भूमिकामा आफू सफल उनको दावी छ।
बस्यालका चुनावी एजेन्डा ।
✅ समावेशी, पारदर्शी, र दूरदर्शी एनआरएनए न्यूजील्याण्ड निर्माण ✅ न्यूजील्याण्डमा नेपाली पहिचान र सांस्कृतिक सम्पदाको प्रवर्द्धन ✅ विद्यार्थी, युवा, र उद्यमशीलता प्रवर्द्धन ✅ स्वास्थ्य, कल्याण, र समुदायको हितमा काम ✅ एनआरएनए नागरिकता र समुदायका अधिकारको पैरवी
व्यवसायी तथा सामुदायिक अगुवाका रूपमा लामो अनुभव बोकेका बस्यालले एनआरएनए न्यूजील्याण्डमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै आएका छन्।