छत्र शंकर
अस्ट्रेलियामा सेन्टरलिङ्क अन्तर्गत भत्ता लिने लाखौं व्यक्तिको सामाजिक सुरक्षा भुक्तानी मार्च २० देखि बढ्ने भएको छ। यसबाट पाँच मिलियनभन्दा बढी मानिस लाभान्वित हुनेछन्।
पेन्सनर, भाडामा बस्नेहरू र रोजगारी खोजिरहेका व्यक्तिहरूलाई सरकारको यस कदमले फाइदा पुग्नेछ।
संघीय सरकारका अनुसार, लाभार्थीहरूले सन् २०२२ मा लेबर सरकार सत्तामा आउँदाको तुलनामा वार्षिक $3,913 देखि $5,902 बढी प्राप्त गर्नेछन्।
JobSeeker लाई वार्षिक हजारौं डलर थप
रोजगारी खोजिरहेका (JobSeeker) लाई अब वार्षिक $3,374 देखि $5,038 सम्म अतिरिक्त भुक्तानी प्राप्त हुनेछ।
त्यस्तै, उमेर पेन्सन, अशक्तता सहयोग पेन्सन, र हेरचाहकर्ता पेन्सन लिने एकल व्यक्तिका लागि भुक्तानी $4.60 बढेर प्रति १५ दिन $1,149 पुगेको छ। दम्पतीहरूको संयुक्त पेन्सन दर $7 बढेर $1,732.20 पुगेको छ।
JobSeeker, ABSTUDY (२२ वर्ष वा माथि), र Parenting Payment Partnered लिने व्यक्तिहरूको भुक्तानी $2.80 बढेर प्रति १५ दिन $723 पुगेको छ।
सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थका अनुसार, यो वृद्धि लाभार्थीहरूको आर्थिक दबाब कम गर्न मद्दत गर्नेछ