अस्ट्रेलियन फेडरल पुलिस (AFP) का सदस्यहरू ८५ भन्दा बढी भाषा बोल्न सक्षम छन्। केही सदस्यहरू द्विभाषिक (bilingual) तथा बहुभाषिक (multilingual) समेत छन्। उनीहरूले Auslan, अरबी, कोरियन, स्पेनिस, स्वाहिली, सामोआन तथा अस्ट्रेलियाका आदिवासी भाषाहरू समेत बोल्न सक्छन्।
एएफपीले आफ्नो यो विशेषता “सामञ्जस्य सप्ताह”
(Harmony Week) को अवसरमा प्रस्तुत गरेको छ। “सामञ्जस्य सप्ताह”ले विविध सांस्कृतिक पृष्ठभूमिलाई सम्मान गर्न, बुझ्न र मनाउन प्रेरित गर्छ। भाषा, संस्कृति तथा भौगोलिक सीमाहरू पार गर्दै कार्य गर्ने एएफपीका सदस्यहरू आफ्नो भाषिक क्षमताको उपयोग समुदाय तथा सरोकारवालासँगको समन्वय, पीडितहरूसँगको संवाद, अनुसन्धान तथा अन्य कार्यहरूमा गर्छन्।
एएफपीले आफ्ना सदस्यहरूको विविधता, अनुभव र सीपको कदर गर्छ। विविध तथा समावेशी कार्यस्थलले संगठनलाई अझ सशक्त बनाउने एएफपीले जनाएको छ।