सरकारले अस्ट्रेलियमा घर किन्ने सजिलो योजना ल्याउँदै

सरकारले अस्ट्रेलियमा घर किन्ने सजिलो योजना ल्याउँदै
नेपालआईज
७ चैत २०८१ १९:३६

मेलबर्न – संघीय सरकारले आउँदो बजेटमा ८ सय मिलियन लगानी गर्दै “हेल्प टु बाय” योजना विस्तार गर्ने घोषणा गरेको छ। यस योजनामा सरकारले पहिलो घर खरिद गर्ने न्यून-आय भएका व्यक्तिहरूका घरमा ४०% हिस्सेदारी लिनेछ।

नयाँ मापदण्ड अनुसार, एकल व्यक्तिको आय सीमा $१००,००० तथा जोडी वा एकल अभिभावकको लागि $१६०,००० पुर्‍याइएको छ। घरको अधिकतम मूल्य सीमा सिड्नीमा $१.३ मिलियन, मेलबर्नमा $९५०,०००, र ब्रिसबेनमा $१ मिलियन तोकिएको छ।

हाल यो योजना वार्षिक १०,००० जनाका लागि मात्र सीमित रहनेछ। सरकारले यस योजनाको कुल बजेट $५.५ बिलियनबाट $६.३ बिलियन पुर्‍याएको छ।

साथै, पूर्वनिर्मित तथा मोड्युलर घर निर्माण प्रवर्द्धन गर्न $५४ मिलियन लगानी गरिनेछ, जसमा $५ मिलियन अफसाइट निर्माण प्रमाणीकरणका लागि र $४९.३ मिलियन राज्य तथा क्षेत्रीय सरकारहरूलाई सहयोग गर्न छुट्याइएको छ।

सरकारका अनुसार, यी पहलहरूले आवास निर्माणलाई तीव्र बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको