होबार्ट – तास्मानियालाई मेनल्यान्डसँग जोड्ने ३५० किलोमिटर लामो “ट्रान्स-बास एक्सप्रेसवे” निर्माण गर्ने योजना सार्वजनिक गरिएको खबर भाइरल बनेको छ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको यो योजनामा करिब २५० अर्ब डलर लागत लाग्ने उल्लेख गरिएको छ, र निर्माण कार्य सन् २०२६ को अप्रिल १ बाट सुरु हुने भनिएको छ।
पुलमा इन्धन स्टेशन, फास्ट फुड आउटलेट, र बीचको भागमा दृश्यावलोकन केन्द्र (viewing platform) पनि रहने बताइएको छ। यो खबर अप्रिल फूल (April Fools) को अवसर पारेर प्रकाशन गरिएको विश्वास गरेका छन्।
यो समाचार रमाइलोका लागि मात्र हो। यसको सत्यता छैन।
“April Fools” News