Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा नेपाली युवा चेतनारायण ‘Mental Health and Wellbeing Award’ का लागि प्रतिस्पर्धीमा छनोट
नेपालआईज
२१ चैत २०८१ १०:३३
तास्मानिया– लनचेस्टन निवासी नेपाली मूलका युवा स्वास्थ्य व्यवसायी चेतनारायण सापकोटा प्रतिष्ठित ‘Tasmanian Young Achiever Award 2025’ अन्तर्गत ‘Mental Health and Wellbeing Award’ को उत्कृष्ट पाँच अन्तिम प्रतिस्पर्धी (Finalists) मा पर्न सफल भएका छन्।
Mental Health Council of Tasmania को तर्फबाट प्रदान गरिने यो अवार्ड तास्मानियामा मानसिक स्वास्थ्य प्रवर्द्धन र कल्याणका क्षेत्रमा उल्लेखनीय योगदान दिने युवाहरूलाई सम्मान गर्नका लागि स्थापना गरिएको हो।
सापकोटासँगै यस श्रेणीमा अन्य प्रतिस्पर्धीहरू Emma Skalicky, Dillon Goss, Trent Henderson र Live4Life Break O’Day Crew 2024 रहेका छन्।
जेष्ठ नागरिक र मानसिक स्वास्थ्य क्षेत्रमा उदाउँदो नक्षत्र
हाल सापकोटा Statewide Mental Health Service मा Clinical Nurse Consultant का रूपमा कार्यरत छन्। उनले नेतृत्व गरेको Rapid Access Service परियोजना डिमेन्सिया प्रभावित वृद्धहरूका लागि लक्षित गरिएको हो, जसले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका वृद्धहरूसम्म समयमै मानसिक स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
स्वास्थ्य क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आएका सापकोटा अपांगता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना गरिएको Admire Caremate Support Service नामक संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) समेत हुन्।
मानसिक स्वास्थ्य सुधार, अपांगता सहयोग र वृद्ध हेरचाहमा उनले प्रस्तुत गरेको नविन दृष्टिकोण र कार्यशैलीले तस्मानियामा मात्र होइन, सम्पूर्ण अस्ट्रेलियामा सकारात्मक उदाहरण स्थापित गरिरहेको छ।