Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
रास्वपा अष्ट्रेलियामा सक्रिय: तास्मानियामा रवि सिंह र भिक्टोरियामा गोपी कुमार प्रमुखमा चयन
नेपालआईज
३० चैत २०८१ १:०५
मेलबर्न – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागारमा रहेकै अवस्थामा अस्ट्रेलियामा प्रवासी संगठन विस्तार भएको छ । अस्ट्रेलियाको तास्मानिया राज्यमा अर्का रवि—रवि सिंह विष्ट र भिक्टोरियामा गोपी कुमार थापा राज्य प्रमुखमा चयन भएका छन् ।
तास्मानियामा विष्टको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो। समितिमा उपप्रमुख कैलेंद्र दसौंदि, सचिव रुमी गौतमे, र कोषाध्यक्ष शिशिर ढुंगाना रहेका छन्। अन्य सदस्यहरूमा सुजन थापा, सपना खत्री, प्रियांका न्यौपाने नेपाल, नितेश ढकाल, दीपक कोईराला, गणेश कार्की र तप राज ढुंगाना छन्।
नेपालीहरूको दोस्रो ठूलो जनसंख्या रहेको भिक्टोरिया राज्यमा पनि रास्वपाले गतिविधि बढाएको छ। यहाँको राज्य समितिमा गोपी कुमार थापाले नेतृत्व गरेका छन् । समितिमा उपप्रमुख सरोज कार्की, सचिव रोशन पोखरेल, र कोषाध्यक्ष विश्व किरण घिमिरे छन्। सदस्यहरूमा गोविन्द गुरुङ, सन्तोष पौडेल, उज्ज्वल राज थापा मगर, र शैलेश खरेल रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल जिवन बिताइ रहेका छन् ।