तास्मानियाका प्रिमियर रोकलिफलाई नेपाली टोपीको सम्मान

तास्मानियाका प्रिमियर रोकलिफलाई नेपाली टोपीको सम्मान
नेपालआईज
४ वैशाख २०८२ २३:०७

लनचेस्टन – तास्मानियाका प्रिमियर जेरेमी रोकलिफलाई एनआरएनए अस्ट्रेलिया युथ फोरमका कोषाध्यक्ष अस्मिन घिमिरेले विशेष भेटघाटको अवसरमा नेपाली टोपी लगाइदिएर सम्मान गरेका छन्।

लनचेस्टनमा भएको भेटमा अस्मिन घिमिरेले प्रिमियरसँग तास्मानियाको भविष्य र क्षेत्रीय विकाससम्बन्धी योजनाबारे प्रत्यक्ष रूपमा जानकारी लिने अवसर पाएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “तास्मानियाको भविष्य र विकासको योजनाबारे प्रत्यक्ष रूपमा सुन्न पाउनु गर्वको कुरा हो।”

प्रिमियरसँगको अनौपचारिक भेटमा उनले तास्मानियामा नेपाली समुदायले पुर्‍याएको योगदान र भोगिरहेका समस्याहरूको बारेमा जानकारी गराएका थिए।

भेटको क्रममा प्रिमियर रोकलिफ नेपाली टोपीमा मुस्कुराउँदै देखिएका छन्, जसले अस्ट्रेलियामा बहुसांस्कृतिक सौहार्द र नेपाली समुदायको पहिचानलाई अझ बलियो बनाएको छ।

उक्त स्मरणीय क्षणहरू क्याप्चर गरेकोमा अस्मिनले तास्मानियाकी जो पाल्मर MLC प्रति आभार व्यक्त गरेका छन्।

यस भेटले तास्मानियाको नेपाली समुदाय र अस्ट्रेलियाको राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई अझ नजिक ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको