प्रधानमन्त्री ओलीसँगको भेटमा एनआरएनए अष्ट्रेलियाले ६ बुँदे ध्यानाकर्षण पत्र बुझायो  

प्रधानमन्त्री ओलीसँगको भेटमा एनआरएनए अष्ट्रेलियाले ६ बुँदे ध्यानाकर्षण पत्र बुझायो  
नेपालआईज
१२ वैशाख २०८२ २:२१
अष्ट्रेलिया – प्रधानमन्त्री केपी शर्मा ओलीसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले  भेटगरी  गैर  आवासीय नेपालीहरूका समस्या समेटिएको ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । 
भेटका क्रममा एनआरएनए अष्ट्रेलियाले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन गर्दै नागरिक अधिकार सुनिश्चित गर्नुपर्ने, विदेशी लगानीमैत्री वातावरण सुधार गरी गैरआवासीय नेपाली लगानीकर्तालाई नेपालमा आकर्षित गर्नुपर्ने, अष्ट्रेलियाली अर्थतन्त्रमा विशेषतः अन्तर्राष्ट्रिय शिक्षामार्फत नेपालीहरूको योगदानको कदर गर्दै नेपाललाई त्यसको प्रतिफलस्वरूप अष्ट्रेलियाबाट अपेक्षित सहयोग उपलब्ध गराउन पहल गरिनुपर्ने माग राखेको थियो।
त्यसैगरी, नेपाल–अष्ट्रेलिया बीचको व्यापार तथा लगानी सन्धि (TIFA) लाई सार्थक रूपमा उपयोग गर्दै द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न, नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढीकरणका लागि उच्चस्तरीय भ्रमण र संवादलाई प्राथमिकता दिनुपर्ने, तथा सर्वोच्च अदालतको निर्देशनअनुसार एनआरएनएको महाधिवेशन सुनिश्चित गर्न ठोस पहल गर्नुपर्ने विषयहरू पनि ध्यानाकर्षणमा समेटिएका थिए।
भेटपछिको प्रतिक्रिया दिँदै अध्यक्ष अनिल पोखरेलले प्रधानमन्त्री ओलीले प्रस्तुत गरिएका बुँदाहरूलाई सकारात्मक रूपमा लिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको