अष्ट्रेलियाको सन् २०२५ को धनाढ्य सूचीबाट नेपाली मूलका शेष घले र जमुना घले बाहिरिए!

अष्ट्रेलियाको सन् २०२५ को धनाढ्य सूचीबाट नेपाली मूलका शेष घले र जमुना घले बाहिरिए!
नेपालआईज
२५ जेठ २०८२ ०:४६

 

मेलबर्न, अष्ट्रेलियन फाइनान्सियल रिभ्युले सार्वजनिक गरेको २०२५ को धनाढ्य सूचीमा भारतीय मूलका दुई अष्ट्रेलियन समावेश भएका छन् भने नेपाली मूलका अघिल्ला वर्षका धनाढ्य शेष घले र जमुना घले यसपटक सूचीमा परेका छैनन्।

दिल्लीमा जन्मेका विवेक चाँद सहगल ८.०५ अर्ब अष्ट्रेलियन डलर सम्पत्तिसहित १९औं स्थानमा छन्। उनी सम्वर्धन मथरसन इन्टरनेशनलका अध्यक्ष हुन्, जसले विश्वव्यापी रूपमा अटो पार्ट्स उत्पादन गर्छ।

विकास राम्बल यस वर्ष पहिलोपटक सूचीमा ३१औं स्थानमा प्रवेश गरेका छन्। उनी पर्डामन समूहका संस्थापक हुन्, जसले पश्चिम अष्ट्रेलियाको बुरुप प्रायद्वीपमा ६.५ अर्ब डलरको युरिया उत्पादन गर्ने मल कारखाना निर्माण गरिरहेको छ।

नेपाली मूलका शेष घले र जमुना गुरुङ अघिल्ला वर्षहरूमा अष्ट्रेलियन धनाढ्य सूचीमा समावेश थिए। २०२३ मा उनीहरूको संयुक्त सम्पत्ति ९ सय  मिलियन अष्ट्रेलियन डलर थियो। तर, २०२५ को सूचीमा उनीहरूको नाम देखिएको छैन।

यो पनि पढ्नुहोस । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको