अष्ट्रेलियाको रोडमै अस्ताए तेह्रथुमका रोजन, सहयोगको अपिल

अष्ट्रेलियाको रोडमै अस्ताए तेह्रथुमका रोजन, सहयोगको अपिल
नेपालआईज
२४ असार २०८२ २३:४३

मेलबर्न – तेह्रथुम म्याङलुङ का रोजन पौडेलको अष्ट्रेलियामा सडक दुर्घटनामा परि असामयिक निधन भएको समाचारले नेपाली समुदाय स्तब्ध बनेको छ। तीन वर्षअघि उच्च शिक्षाको सपना बोकेर अष्ट्रेलिया आएका २७ वर्षीय रोजनको जीवनको यात्रा तिव्र गतिमा आएको कारले बाटोमै अन्त्य गरिदियो।

मेलबर्नको बोरोनियामा  सडक पार गर्दै गर्दा एक तीव्र गतिमा हुइँकिएको गाडीले उनलाई ठक्कर दिएको थियो। भिक्टोरिया प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार सो हप्ताको ७२ घण्टाभित्रै भएका दुर्घटनामा ९ जनाको ज्यान गएको थियो, जसमा रोजन पनि एक थिए।

उनका पिता सभा पौडेल र आमा पार्वती सानु डाँगी तीन वर्षदेखि छोराको उज्ज्वल भविष्यको सपना सजाउँदै थिए। रोजन मेलबर्नमा अध्ययन, काम र जीवनका जिम्मेवारीहरू सफलतापूर्वक सम्हालिरहेका थिए। तर नियतिको निर्मम खेलले सबथोक लत्याइदियो।

भिक्टोरियास्थित वाणिज्यदूत निराजन गौंलीले एक जना नेपालीको मृत्यु भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएपछि नेपाली समुदायमा शोकको लहर छाएको छ। गौंलीका अनुसार  उनको  परिवारसँग समन्वय भइरहेको छ।

यस दुःखद घडीमा भिक्टोरियामा रहेका उनका दाजुले GoFundMe अभियान सुरु गरेका छन्। अन्त्येष्टि खर्च र पीडित परिवारलाई आर्थिक सहारा दिने उद्देश्यले सुरु गरिएको  हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको