तास्मानिया – नेपाली समुदायको सक्रिय प्रतिनिधित्व गर्दै उत्तर तास्मानियामा सन् २०२५/२६ का लागि नयाँ कार्यसमिति गठन गरिएको छ। उक्त कार्यकालका लागि अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा तुलसी भट्टराई, कोषाध्यक्षमा अनिश भण्डारी, सह–सचिवमा राजीव पन्थी, र जनसम्पर्क अधिकृतमा आहाना कार्की चयन भएका छन्।
त्यस्तै कार्यकारिणी सदस्यहरूमा सन्दीप गिरी, रमण भुर्तेल, डा. रामजी सिलवाल, सबिना कार्की, दीक्ष्यन्त दुबाडी, निराजन गौतम, पुकार बोहोरा र तिलक पौडेल रहेका छन्।
निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन समितिलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिले पूर्व कार्यसमिति, प्रायोजक, स्वयंसेवक र समुदायका सदस्यहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ।