गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि भिक्टोरिया राज्य संयोजक पदमा द्रोण पन्त (समिर) र महादेव धानुकले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। दुबै उम्मेदवारसँग नेपालEyes मिडियाले कुराकानी गर्दै यस्तो प्रश्न राखेको थियो – “यदि तपाईं निर्वाचित हुनुभयो भने, भिक्टोरियास्थित नेपाली समुदायको हितका लागि तपाईंको प्राथमिक पहल के हुनेछ?”