क्विन्सल्याण्डमा ‘ज्याक्स ल’ लागू, अब प्रहरीले शंका लागेमा वारेन्टबिनै खानतलासी गर्न पाउने

क्विन्सल्याण्डमा ‘ज्याक्स ल’ लागू, अब प्रहरीले शंका लागेमा वारेन्टबिनै खानतलासी गर्न पाउने
नेपालआईज
१२ साउन २०८२ १०:५१

ब्रिसबेन – क्विन्सल्याण्ड राज्यमा अब प्रहरीले सार्वजनिक स्थानहरूमा वारेन्ट बिना नै मानिसहरूको हतियारका लागि खानतलासी गर्न पाउने भएको छ। ‘ज्याक्स ल’ नाम दिइएको यो नयाँ कानुन स्थायी रूपमा लागू गरिएको हो।

यो कानुन सन् २०१९ मा सर्फर्स प्याराडाइजमा आफ्ना साथीहरूसँग घुम्न गएका १७ वर्षीय ज्याक बिस्लीको हत्या भएपछि ल्याइएको थियो। क्विन्सल्याण्ड सरकारले पीडितका अधिकारलाई प्राथमिकता दिँदै यो कानुनलाई स्थायी बनाएको हो। सरकारले यस कदमलाई समुदायको सुरक्षाका लागि सशक्त प्रतिबद्धता भनेको छ।

नयाँ कानुनअनुसार, अब प्रहरीले सार्वजनिक पार्क, रेलवे स्टेशन, किनमेल केन्द्रलगायतका कुनै पनि सार्वजनिक स्थानमा शंका लागेमा तुरुन्तै व्यक्तिहरूको जाँच गर्न पाउनेछ। ‘ज्याक्स ल’ ले अपराध नियन्त्रण गर्न र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सहयोग पुग्ने  त्यहाँका प्रिमियरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर