मिकलह्याममा गोली प्रहार, भिक्टोरिया प्रहरीको अनुसन्धान जारी

मिकलह्याममा गोली प्रहार, भिक्टोरिया प्रहरीको अनुसन्धान जारी
नेपालआईज
१३ साउन २०८२ ०:४९

मेलबर्न, जुलाई २७ । भिक्टोरियाको मिकलह्याममा शनिबार राति भएको गोली प्रहारको घटनाबारे प्रहरी अनुसन्धान सुरु भएको छ।

भिक्टोरिया प्रहरीले दिएको जानकारीअनुसार राति करिब ८:४० बजे हेजल वेइ क्षेत्रमा एक ३९ वर्षीय पुरुषको खुट्टामा गोली लागेको खबर आएको थियो। रोक्सबर्ग पार्कका ती पुरुषको खुट्टाको तल्लो भागमा गोली लागेको र उनलाई तत्काल अस्पताल पुर्‍याइएको प्रहरीले बताएको छ। उनको अवस्था खतरामुक्त रहेको पुष्टि गरिएको छ।

घटनापछि सशस्त्र अपराध शाखाले क्राइम सीन स्थापनासहित अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनाको कारण र दोषीको पहिचानका लागि खोजी कार्य अघि बढाएको जनाएको छ।

यसबारे जानकारी हुने जो–कोहीलाई प्रहरीको क्राइम स्टपर्स नम्बर १८०० ३३३ ००० मा सम्पर्क गर्न वा www.crimestoppersvic.com.au मा गोप्य रुपमा जानकारी दिन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको