अष्ट्रेलियामा प्रशान्त क्षेत्रका नागरिकका लागि स्थायी भिसाको अवसर, आजदेखि आवेदन खुला

अष्ट्रेलियामा प्रशान्त क्षेत्रका नागरिकका लागि स्थायी भिसाको अवसर, आजदेखि आवेदन खुला
नेपालआईज
१३ साउन २०८२ ५:२८

काठमाडौं । अष्ट्रेलियाले प्रशान्त क्षेत्रका नागरिकका लागि विशेषरूपमा ल्याएको Pacific Engagement Visa (PEV) 2025 का लागि आवेदन प्रक्रिया आज (सोमबार)देखि सुरु भएको छ। यो नयाँ भिसा प्रणाली अन्तर्गत उम्मेदवारहरूको चयन र्याण्डम लटरी (Ballot) प्रणालीमार्फत गरिनेछ।

अष्ट्रेलियाको दीर्घकालीन प्रशान्त नीति अन्तर्गत सुरु गरिएको PEV कार्यक्रमले प्रशान्त क्षेत्रका मुलुकहरूसँगको आपसी सम्बन्ध र आप्रवासन अवसरलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। यो प्रणाली सबै लिङ्ग, उमेर, पेशा र सीप स्तरका व्यक्तिहरूका लागि खुला गरिएको छ, जसले अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

PEV 2025 मा सहभागी हुन पाउने ११ प्रशान्त मुलुकमा माइक्रोनेशिया, फिजी, किरिबाटी, नाउरु, पलाउ, पपुवा न्यू गिनी, सामोआ, सोलोमन आइल्याण्ड्स, तिमोर लेस्टे, टोंगा र भानुआटु रहेका छन्। यी मुलुकका नागरिकहरूले अनलाइनमार्फत दर्ता गरी लटरी प्रक्रियामा सहभागी हुन सक्नेछन्। लटरीमा नाम परेका उम्मेदवारहरूले मात्र स्थायी भिसाको लागि आवेदन दिन पाउनेछन्।

सन् २०२४ को दर्ता पुनः मान्य नहुने भएकाले यसपटक सहभागी हुन चाहनेहरूले नयाँ दर्ता गर्नुपर्नेछ। इच्छुकले http://spr.ly/6184fPJXK मा गई आवश्यक विवरण भरेर दर्ता गर्न सक्नेछन्।

अष्ट्रेलियाली सरकारले यो कार्यक्रमद्वारा प्रशान्त क्षेत्रसँगको आपसी सम्बन्धमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरेको छ।

नोट: भिसा आवेदन अघि सबै योग्यता मापदण्ड, प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट जानकारी लिन अष्ट्रेलियाको गृह मन्त्रालयको आधिकारिक वेबसाइट हेर्न अनुरोध गरिएको छ।

https://www.facebook.com/story.php?story_fbid=1169045818592994&id=100064627601982&mibextid=wwXIfr&rdid=8oYXyd9eDyAmZxOr#

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको