नेपाल — जुलाई २०२४ देखि जून २०२५ सम्मको अवधिमा ६,१८६ भुटानी विद्यार्थी र तिनका आश्रितहरूले अष्ट्रेलियाको विद्यार्थी भिसा प्राप्त गरेका छन्।
यो संख्या अष्ट्रेलियाद्वारा भुटानीहरूलाई प्रदान गरिएको भिसाको तेस्रो उच्चतम रेकर्ड हो। यसअघि सन् २०२२–२३ मा १५,५५२ भिसा र सन् २०२३–२४ मा ९,७८७ भिसा प्रदान गरिएको थियो। स्थानीय पत्रिकाले यो समाचार प्रकाशित गरेको छ।
चौथो उच्चतम रेकर्ड भने सन् २०१९–२० मा २,९३३ भिसा जारी भएको थियो।
अष्ट्रेलियातर्फ जाने भुटानी विद्यार्थी र उनीहरूको आश्रितहरूको संख्यामा अघिल्ला वर्षहरूमा भन्दा केही कमी देखिए पनि संख्या अझै उल्लेखनीय रहेको तथ्याङ्कले देखाउँछ।