Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एनआरएनए न्यूजिल्याण्डमा डा. अर्याल नेतृत्वको टिमलाई कार्यभार हस्तान्तरण
नेपालआईज
२० साउन २०८२ २:१८
न्यूजिल्याण्ड /गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डको हालै निर्वाचित नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको घोषणा गरिएको छ। २०२५–२०२७ कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको अध्यक्षतामा डा. अच्युत अर्याल रहेका छन्।
नवनिर्वाचित अध्यक्ष डा. अर्यालले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै भने, “हामी नयाँ योजनासहित समुदायको सेवा र सशक्तिकरणको यात्रालाई निरन्तरता दिनेछौं। आगामी दिनमा सबैको साथ र सहयोगको अपेक्षा राख्दछौं।”
कार्यभार हस्तान्तरणका अवसरमा निवर्तमान कार्यसमितिका अध्यक्ष लाल केसीलाई विशेष धन्यवाद दिँदै डा. अर्यालले भने, “पछिल्ला दुई कार्यकालमा केसीले दिएको नेतृत्व र योगदान प्रशंसनीय छ। उहाँको दूरदृष्टि र समर्पणले एनआरएनए न्यूजिल्याण्डलाई बलियो बनाएको छ।”
त्यस्तै, निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नेतर्फ अथक परिश्रम गर्नुभएको निर्वाचन समितिलाई समेत धन्यवाद दिँदै, स्थानीय नेपाली समुदायप्रति निरन्तर साथ र विश्वासका लागि विशेष आभार प्रकट गरिएको छ।
नयाँ कार्यसमितिले अघिल्ला नेतृत्वद्वारा सुरु गरिएका सफल पहललाई निरन्तरता दिने र नयाँ कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै समुदायलाई अझ नजिक ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त कार्यभार हस्तान्तरण कार्यक्रममा अकल्याण्ड स्थित नेपाली वाणिज्य दूत दिनेश खड्का लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।