एनआरएनएमा सल्लाहकारसहित विभिन्न समिति गठन, विधान सम्मेलनको तयारी तीव्र

एनआरएनएमा सल्लाहकारसहित विभिन्न समिति गठन, विधान सम्मेलनको तयारी तीव्र
नेपालआईज
२३ साउन २०८२ ९:५२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महेश श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले सल्लाहकारसहित विभिन्न समिति गठन गरेको छ । आइतबार सम्पन्न भर्चुअल बैठकले संघको विधानको धारा १७ को उपधारा ९ बमोजिम २५ जना सल्लाहकार मनोनीत गरेको हो ।

श्रेष्ठका अनुसार सल्लाहकारमा सोनम लामा, थर्क सेन, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र (गोविन्द) श्रेष्ठ, बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरान गिरीलाई चयन गरिएको छ ।

बैठकले अनुशासन समिति गठन गर्दै दिल गुरुङ, सुवास जोशी र भुवानी प्रसाद तिम्मिल्सेनालाई संयोजनको जिम्मेवारी दिएको छ ।

यसैगरी संघले पहिलो पटक ‘पोलिसी एडभोकेसी कमिटी’ गठन गरेको छ । खगेन्द्र जिसी संयोजक रहेको समितिमा कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठ सहसंयोजक छन् । यो समिति एनआरएनएको नीतिगत पक्षमा सल्लाह र सहयोग गर्नेछ ।

संघको आगामी विधान सम्मेलन आगामी सेप्टेम्बर २१ तारिख युएईमा आयोजना हुने तय भएसँगै बैठकले तयारीलाई तीव्रता दिने निर्णय गरेको छ । त्यसकै तयारीस्वरूप महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएको छ । सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी र लोकप्रसाद दाहाल रहेका छन् भने सदस्य सचिवमा विमल सुवेदी र सदस्यहरूमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् ।

त्यस्तै, एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी संघका प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर