भिक्टोरियामा चोरीको गाडीले भयानक दुर्घटना

भिक्टोरियामा चोरीको गाडीले भयानक दुर्घटना
नेपालआईज
२८ भदौ २०८२ ०:२६

मेलबर्न । बिहीबार राति बोनबिचमा एक घरमा चोरी भएको र सो घरबाट चोरिएको सेतो रेञ्ज रोभर गाडी शनिबार बिहान मेलबर्नको मोनास फ्रीवेमा दुर्घटनाग्रस्त भएको छ । बिहान करिब ७:१५ बजे ग्लेन आइरिस नजिकै धेरै सवारी साधनहरूलाई ठोक्किँदा उक्त घटना भएको हो ।

दुर्घटनामा परेर गाडीमा सवार तीन किशोरहरुलाई सर्वसाधारणले प्रहरी नआएसम्म घटनास्थलमै नियन्त्रणमा राखेका थिए ।

एक कारकी महिला चालकलाई सामान्य चोट लागेको थियो भने अन्य व्यक्तिलाई कुनै चोटपटक नलागेको बताइएको छ ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको पुष्टि गरेको छ ।

फोटो : सेभेन न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर