होबार्ट — विद्यार्थी भिसामा अष्ट्रेलिया आएका ३२ वर्षीय भारतीय युवकलाई १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जेल सजाय सुनाइएपछि भिसा रद्द गरिएको छ।
उनी २०२१ अप्रिलमा घटेको घटनामा दोषी ठहर भई १० महिनाको कैद सजाय पाएका थिए। सजायको ६ महिना नन–प्यारोल अवधि पूरा गरेपछि उनको भिसा Migration Act 1958 अन्तर्गत ‘character test’ नपुगेको कारण देखाउँदै रद्द गरियो।
भिसा रद्द गर्ने निर्णय उल्ट्याउन उनले प्रशासनिक अपिल ट्रिब्युनल (AAT) र त्यसपछि संघीय अदालतमा अपिल गरे पनि दुवै असफल भए। संघीय अदालतका न्यायाधीश जोन स्नाडेनले हालै ट्रिब्युनलको निर्णयलाई कायम राख्दै भिसा रद्दलाई पुष्टि गरेका छन्।
यससँगै विद्यार्थी भिसामा अष्ट्रेलिया आएका युवकलाई अब भारत डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।
पहिलोपटक प्रकाशित समाचार यहाँ हेर्नुहोस ।