रसुवा–नुवाकोटमा आएको बाढीप्रति अष्ट्रेलियासहित ६ देशका दूतावासद्वारा दुःख व्यक्त

रसुवा–नुवाकोटमा आएको बाढीप्रति अष्ट्रेलियासहित ६ देशका दूतावासद्वारा दुःख व्यक्त
नेपालआईज
१० भदौ २०८३ १२:०६

काठमाडौं। नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासले रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

छवटै देशका दूतावासले संयुक्त वक्तव्य जारी गर्दै बाढीबाट प्रभावित व्यक्ति तथा परिवारप्रति सहानुभूति प्रकट गरेका हुन्।

वक्तव्यमा भनिएको छ, “रसुवा र नुवाकोट जिल्ला तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीको घटनाबाट हामी अत्यन्त दुःखी भएका छौँ। यस विपद्बाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ। यस कठिन घडीमा हामी नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ।”

परिस्थिति निरन्तर परिवर्तन भइरहेको उल्लेख गर्दै दूतावासहरूले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनको निर्देशन तथा आधिकारिक सुरक्षा सूचनाहरू पालना गर्न आग्रह गरेका छन्।

संयुक्त वक्तव्यमा नेपालस्थित अस्ट्रेलियाली दूतावाससँगै फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावास सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर