नेपालमा विशेषज्ञ टोली र मानवीय सहायता पठाउँदै अस्ट्रेलिया

नेपालमा  विशेषज्ञ टोली र मानवीय सहायता पठाउँदै अस्ट्रेलिया
नेपालआईज
११ भदौ २०८३ २३:१५

क्यानबेरा— नेपाल र चीनमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धार कार्यमा सहयोग गर्न अस्ट्रेलियाले विपद् तथा मानवीय सहायता विशेषज्ञहरूको टोली पठाउने भएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले जारी गरेको वक्तव्यअनुसार बाढी प्रभावितलाई खाद्यान्न, आपत्कालीन आश्रय र स्वास्थ्यसम्बन्धी सहायता पनि उपलब्ध गराइनेछ।

प्रधानमन्त्रीले विपद्मा परेका व्यक्ति तथा उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता अस्ट्रेलियाली नागरिकको अवस्थाबारे तत्काल जानकारी लिन सरकारी निकायहरूले काम गरिरहेको बताएका छन्।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकले विदेश मामिला तथा व्यापार विभागको कन्सुलर आपत्कालीन केन्द्रमा अस्ट्रेलियाभित्रबाट १३०० ५५५ १३५ वा विदेशबाट +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको