सिड्नी/काठमाडौँ चीन-नेपाल सीमा क्षेत्रमा आएको महाविनाशकारी बाढी र पहिरोमा परी अष्ट्रेलियाबाट कैलाश मानसरोवर यात्रामा गएकी अष्ट्रेलियाली नागरिक सुमी अधिकारी बेपत्ता भएकी छन्। उनी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी थिइन्।
ईशा फाउन्डेसन (सद्गुरु) मार्फत आयोजना गरिएको ‘कैलाश यात्रा’ (समूह: S3) मा सहभागी भई फर्कने क्रममा उनी चीन-नेपाल सीमा नजिकैको केरुङ (ग्यिरोड) अध्यागमन कार्यालय (Immigration Office) क्षेत्रबाट सम्पर्कविहीन भएकी हुन्।
घटनाको विवरण:
- नाम: सुमी अधिकारी
- ठेगाना/रहने स्थान: अष्ट्रेलिया (सिड्नी)
- यात्रा टोली: ईशा फाउन्डेसन / सद्गुरु कैलाश यात्रा (समूह S3)
- अन्तिम स्थान: अध्यागमन कार्यालय, चीन-नेपाल ग्यिरोड (केरुङ) सीमा नाका
- अन्तिम सम्पर्क: बाढी आएको समयमा अध्यागमन कार्यालय र ग्यिरोड सीमा नाका क्षेत्र
बाढी आउने समयमा उनी सोही अध्यागमन कार्यालय परिसरमै रहेको र त्यसपछि उनीसँग कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
सहयोगको लागि अपिल: सुमी अधिकारीको खोजतलासका लागि उनका पति नवा पाण्डे तथा परिवारका सदस्यहरूले सार्वजनिक अपिल जारी गरेका छन्। उहाँलाई कसैले देख्नुभएको छ, वा उहाँको स्थितिबारे कुनै पनि जानकारी छ भने तुरुन्त निम्न नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ:
- नेपाल सम्पर्क नम्बर: ९८४१७३९७८३ / ९८४००७००३३ / ९८५७०३०२२१
- अष्ट्रेलिया सम्पर्क नम्बर: +61 424 951 290 (नवा पाण्डे)
कृपया यो खबर धेरैभन्दा धेरै सेयर गरी बेपत्ता सुमी अधिकारीको खोजी कार्यमा सहयोग गरिदिनुहोला। तपाइँको सानो सूचना पनि उहाँको उद्धारका लागि अत्यन्त महत्वपूर्ण हुन सक्छ।