Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाका एज्ड् केयर वर्करका लागि विशेष भिसाको माग गर्दे मन्त्रीलाई पत्राचार
नेपालआईज
२५ कार्तिक २०७८ २:२४
न्यूज डेस्क
अस्ट्रेलियन एज्ड केयर कोलावोरेसनले स्वास्थ्य मन्त्री गे्रग हन्ट र वृद्ध हेरचाह सेवा मन्त्री रिचर्ड कोलबेकलाई वृद्ध हेरचाह गर्नेहरुका लागि विशेष भिषा सिर्जना गर्न आग्रह गर्दै पत्राचार गरेको छ ।
विशेष भिषा सिर्जना गरी वृद्ध हेरचार गर्ने कामदारहरुलाई दक्ष पेशाहरुको सूचीमा राख्न तथा उनीहरुलाई अहिलेको आप्रवासन प्रतिवन्धहरु बाइपास गर्न अनुमति दिनका लागि पत्राचार गरिएको हो ।
“हामीलाई आप्रवासनका अवरोधहरु हटाउन आवश्यक छ । वास्तवमै हामीलाई ढोका खुल्ला राख्न पर्याप्त कामदारहरु पाउन संघर्ष गरिरहेका छौ,” पत्रमा हस्ताक्षर गरेका एज्ड एण्ड कम्युनिटी सर्भिस अस्ट्रेलियाका प्रमुख कार्यकारी पल साडलरले बताए ।
एज्ड सर्भिसेज अस्ट्रेलियका प्रमुख कार्यकारी सिन रुनीले साडलरको समर्थन गर्दै वृद्ध हेरचाहको लागि विशेष कार्यक्रमले उपयुक्त दक्ष तथा सक्षम मानिसहरुलाई भर्न गर्न सक्षम बनाउने बताए ।
एक व्यान्ड–एड समाधान ?
वृद्ध हेरचाह क्षेत्रमा कर्मचारी अभाव लामो समयदेखिको समस्या हो, जसलाई विशेषज्ञहरुले कम तबल र कमजोर प्रशिक्षणको परिणाम स्वरुप भएको विश्वास गर्छन ।
विगत १८ महिनामा कोभिड–१९ क्वारेन्टाइन र खोप लगाउन अस्वीकार गर्ने कर्मचारीहरुको पलायनले ल्याएको कर्मचारी अभावका कारण काम गरिरहेका अहिलेका कर्मचारीहरुमाथि अझ बढीको भार थपिदिएको छ ।
अहिलेका वृद्ध हेरचार कर्मचारीहरुको निराशाको प्रमाण एज्ड केयर वाचको वेबसाईटमा चित्रण गरिएको छ । जसले अस्टे«लियाका वृद्ध हेरचाह गृहहरुमा चार महिनामै अपूर्ण शिफ्ट र कम कर्मचारीलाई लिएर करिब ४ हजार अज्ञात प्रतिवेदनहरु प्राप्त गरेको छ ।
हेल्थ सर्भिस युनियनका राष्ट्रिय अध्यक्ष जेरार्ड हायेसले ‘चरम’ कर्मचारी अभावको निरन्तर रिपोर्टिङले आफ्ना सदस्यहरुको अवस्था सुधार गर्न केही नगरेको बताए ।
“हामीसंग अझै पनि दिगो कोष वा कर्मचारी समायोजन भएको छैन जसले यस उद्योगको संकटबाट बाहिर निकाल्छ । कर्मचारी प्रदायकहरु ज्याला बढाउनु भन्दा अस्थायी भिसामा कामदारहरु आयात गर्नमा बढी रुची देखाउछन्,” हायेसले भने ।
युनियन अफ ओलोनगोङको अस्ट्रेलियन हेल्थ सर्भिस रिसर्च इन्स्टिच्यूटका निर्देशक प्रोफेसर क्याथी इगरले विशेष भिसाको निर्माणले कर्मचारी अभावको लामो समयदेखिको मुद्दामा ‘ब्यान्ड–एड’ राख्ने विश्वास व्यक्त गरिन् ।
प्रोफेसर इगरले वृद्ध हेरचाह क्षेत्रको उच्च कारोबार दर र पर्याप्त कर्मचारीहरु आकर्षित गर्न असक्षमताको मुख्य कारणको रुपमा खराब तलब र अवस्था रहेको बताईन ।
हालसाथै वृद्ध हेरचाह सेवा मन्त्री रिचर्ड कोलबेकले संघीय सरकारले स्वास्थ्य र वृद्ध हेरचाह क्षेत्रका कर्मचारीहरुमा थप दबाबलाई पहिचान गरेको तर उच्च खोप दर र सीमा खोल्दा दबाब कम हुने विश्वास व्यक्त गरे ।