भिक्टोरिया ।
भिक्टोरियामा सम्पन्न मल्टिकल्चरल फुटबल खेलको उपाधी रोयल वेस्टर्न क्लवलाई शुन्यका विरुद्ध एक गोलले हराउदै यती फुटबल क्लवले प्रथम उपाधी हात पार्न सफल भएको छ ।
नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले ( न्याभ)ले भिक्टोरियन मल्टिकल्चरल कमिसन र रोयल वेस्टर्न क्लवको सहकार्यमा नोभेम्बर १४ र १५ मा दोस्रो न्याभ बहुसाँसकृतिक सकर प्रतियोगिताको आयोजना गरेको थियो ।
रिचार्ड रिजर्भ कोबर्गमा भएको सेमीफाइनल खेलमा रोयल वेस्टर्न क्लव र यती फुटबल क्लबले क्रमश हिमालयन एफसी र अल्बियोन थन्डर्सलाई हराउँदै फाइनलमा पुगेको थियो । रोयल वेस्टर्न क्लव र यती फुटबल क्लव बिच भएको खेलमा यती एफसीका निराजन गुरुङलेको गोलले विजययात्रा शुरु गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रोयल वेस्टर्न क्लवका अमीत थापा भए भने उत्कष्ट गोलरक्षक अल्बियोन थन्डर्सका मुसा बने । त्यसैगरी सर्वाधिक गोल हिमालयन एफसीका सविन बस्नेतले गरेका थिए भने उत्कृष्ट डिफेन्डर सुक भट्टराई भएका थिए ।
खेलको म्यान अफ द म्याचलाई नगद एक सयको व्यबस्था गरिएको थियो। रोयल वेस्टर्न क्लव र हिमालयन टाइगर्स बिच भएको खेलमा अमीत थापा, हिमालयन एफसी र एभरेस्ट युनाइटेड बिच भएको खेलमा सविन बस्नेत, यती फुटबल क्लव र एसीयन एफसी बिच भएको खेलमा डुग्लास, अल्वियोन थन्डर्स र कुयोङ युनाइटेड बिच भएको खेलमा मोनी, रोयल वेस्टर्न क्लव र हिमालयन एफसी बिच भएको खेलमा अमीत थापा, यती एफसी र अल्बियोन थन्डर्स बिच भएको खेलमा मुसा र यती फुटबल क्लव र रोयल वेस्नर्न क्लव बच भएको फाइनल खेलमा निराजन गुरुङ म्यान अफ द म्याच होसित भएका थिए ।
दुई दिन सम्म चलेको खेलमा नेपाली र बहुँसास्कृति समुदायका रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सी ११ क्लवले प्रतिस्पर्धा गरेका थिए ।