१५ औं शताब्दिपछि सबैभन्दा लामो चन्द्र ग्रहण

१५ औं शताब्दिपछि सबैभन्दा लामो चन्द्र ग्रहण
नेपालआईज
३ मंसिर २०७८ १०:४४

अस्ट्रेलिया ।

सन् २०२१ नोभेम्बर १९ को सूर्यास्तपछि चन्द्रमाले आफ्नो रङ्ग परिवर्तन गरेको तपाईँले हेर्न पाउनुहुनेछ र तपाई यस अर्थमा भाग्यमानी हुनुहुनेछ । १५ औँ शताब्दपछि आज शुक्रबारको चन्द्र ग्रहण सबैभन्दा लामो अवधिको हो ।

यो पूर्ण चन्द्र आफ्नो अक्षमा सबैभन्दा नजिक भएको बेला हुन्छ त्यसैले केही मानिसले यसलाई मिनी वा माइक्रो चन्द्र ग्रहण पनि भन्दछन् । तर यो कार्य अस्ट्रेलियामा चन्द्रमा प्रवेश गर्नु अगावै हुन्छ त्यसैले हामीले चन्द्र ग्रहणको पूरा प्रक्रियालाई हेर्न सक्दैनौ ।

तथापि जुन हामीले हेर्न पाउँछौँ त्यो साँच्ची नै रोचक हुनेछ भनी व्यावसायिक खगोलविद् आइन मुसग्रेभले भन्दछन् । आजको साँझको चन्द्र ग्रहण साँच्चैकै रोचक हुनेछ । आंशिक चन्द्र ग्रहण भूत जस्तो देखिनेछ ।

आंशिक चन्द्र ग्रहण के हो ?

६ः१८ साँझको समयमा सुरु भएर यो आंशिक चन्द्र ग्रहण ३ घण्टा, २८ मिनेट र २४ सेकेन्ड रहनेछ । विश्वको विभिन्न भागमा कति ग्रहण देखिन्छ र चन्द्रमा कस्तो देखिन्छ भन्ने कुरा फरक फरक ठाउँमा फरक फरक हुन्छ ।

पूर्ण चन्द्र ग्रहण जसलाई ब्लड मनु पनि भनिन्छ, आंशिक चन्द्र ग्रहणमा चन्द्रमा आंशिक रूपमा छायाँले ढाकिएको हुन्छ । तर आंशिक चन्द्र ग्रहण बढ्दै जाँदा ९७.४ प्रतिशत चन्द्रमाको भाग छायाँले ढाकिएको हुन्छ । चन्द्र ग्रहणमा पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ । यो चन्द्र ग्रहण अस्ट्रेलियाका धेरै भागबाट देखिनेछ (दक्षिण पश्चिमको अस्ट्रेलिया बाहेक), प्यासेफिक, पूर्वी एसिया, नर्थ र दक्षिणी अमेरिकामा एउटै समयमा देखिनेछ ।

आकाशमा प्रकाश बढी भयो भने चन्द्र ग्रहणमा रङ्ग परिवर्तन भएको नोटिस गर्न गाह्रो हुने मेलबर्न प्लानेटरियमको खगोलविद् तान्या हिलले बताउँछिन् ।

डा. हिलले भन्दछन्, “केही मानिसहरूले यो ग्रहणलाई गुलाबी चन्द्रमाको रूपमा महसुस गर्दछन् तर पूर्ण चन्द्र ग्रहणमा जस्तो यो रातो हुँदैन ।”

उत्तरी अमेरिकामा रहेका व्यक्तिहरूले बिहान सबेरै पूरा ग्रहण देख्नेछन् र चन्द्रमा रातो जस्तो देखिन्छ जुन पूर्ण चन्द्र ग्रहणमा जस्तो बेला देखिन्छ ।
तथापि, अस्ट्रेलियामा चन्द्रमा उदाउनु अगावै चन्द्र ग्रहण सुरु भइसकेकोले पाँच समय क्षेत्रमा रहेका अस्ट्रेलियाका मानिसहरूले सबभन्दा धेरै, केही र ग्रहणको अन्त्य देख्नेछन् ।

आकाशमा प्रकाश बढी भयो भने चन्द्र ग्रहणमा रङ्ग परिवर्तन भएको नोटिस गर्न गाह्रो हुने मेलबर्न प्लानेटरियमको खगोलविद् तान्या हिलले बताउँछिन् ।

डा. हिलले भन्दछन्, “केही मानिसहरूले यो ग्रहणलाई गुलाबी चन्द्रमाको रूपमा महसुस गर्दछन् तर पूर्ण चन्द्र ग्रहणमा जस्तो यो रातो हुँदैन ।”

तर राम्रो कुरा के छ भने यद्यपि यो मिनी चन्द्रमा हो तर मनु इलुजनले गर्दा जे भएको हुन्छ त्यो अलि ठुलो नै देखिन्छ जसले गर्दा आकाशमा माथि टाढा भएको भन्दा आकाशको धरातलमा चन्द्रमा ठुलो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको