नागरिकता नम्बरको आधारमा विदेशमा रहेका नेपाली नागरिकले ई-पासपोर्ट पाउने

नागरिकता नम्बरको आधारमा विदेशमा रहेका नेपाली नागरिकले ई-पासपोर्ट पाउने
नेपालआईज
६ मंसिर २०७८ ८:३९

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले मंसिर एक गतेबाट परीक्षणका लागि वितरण गरिएको ई-पासपोर्ट विदेशमा रहेका  नेपाली नागरिकले नागरिकता नंम्वरको  आधारमा ई पासपोर्टका लागि निवेदन दिन पाउने भएका छन् । 

तर, नेपालमा रहेका नेपाली नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

 

विद्युतीय राहदानी वितरणका लागि प्राविधिक तथा प्रशासनिक सबै खालको तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको छ । नेपाल सरकारले पासपोर्टको डिजाइन स्वीकृति दिएसँगै पहिलो चरणमा २० लाख थान छपाइ सम्पन्न भइसकेको छ ।

मंसिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको ई-पासपोर्ट वितरण भईरहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताए ।

त्यसको प्रिन्ट भने वितरणको समयमा नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी विभागले पूूरा गरेको छ । आईएसओ १९०३ मान्यता प्राप्त विश्व स्तरकै प्रविधियुक्त तेस्रो पुस्ताको विद्युतीय राहदानी हो ।

ई-पासपोर्ट पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

तर, वितरणको मुखमै रहेकाले पुरानो राहदानीको म्याद सकिएकाले पनि केही दिन पर्खेर ई-पासपोर्ट नै बनाउन विभागले आग्रह गरेको छ ।

ई-पासपोर्टका लागि थप जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको